काठमाडाैं, भदाै २५
देशभर आंशिक देखि साधारणतया बदली रहने छ।
आज कोशी, बागमती,
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै
स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल
तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा
भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी
प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको
सम्भावना रहेको छ । कोशी, गण्डकी
र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२४ भदौ २०८१, मङ्गलबार ०६:३२ मा प्रकाशित