गायिका सुनितामीको सुनिमायालाई सार्वजनिक

Jhalkonepal


काठमाण्डौै, बैशाख १५

गायिका सुनितामी परियारको नयाँ लोक दोहरी एल्बम सुनिमायालाई सार्वजनिक भएको छ । सुनितामी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियोमा गायिका सुनितामी परियार र गायक ईश्वर सिंहको स्वर रहेको छ भने गितलाई शिव हमालले लेखेका हुन भने संगित ईश्वर स्वरले नै निर्माण गरेका हुन । 

गितका म्यूजिक भिडियो, अर्घाखाँची जिल्लाको प्रसिद्ध सुपा देउराली मन्दिर लगायत विभिन्न पर्यटकिय स्थलमा छाँयाँकन गरिएको छ । म्यूजिक भिडियोलाई विनोद भण्डारीेले निर्देशन गरेका छन । पञ्चेबाजाको धुनमा गाइएको गितमा गायिका सुनितामीले आफै मोडलिंग पनि गरेकी छिन । उनलाई बिनोद भण्डारी, रेजिना सुनाम र सन्तोष शर्माले साथ दिएका छन ।

पञ्चेबाजाँको धुन रहेको लोक गित सार्वजनिक भए पछि गायिका सुनितामी परियारले आफ्ना अघिल्ला गितसंगित जस्तै यसले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छिन । 

गायिका सुनितामीको यस अघि  माइती घर जाऊँ, मलाई घाइते पारेयोनी, निर जाले, सलल पानीलगायतका थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन् ।

गित हेर्न तलको लिंक प्रयोग गर्नुहोला 


प्रतिक्रिया