प्रतिनिधि सभाको बैठक अघि सचेतकहरुसँग छलफल हुदै

Jhalkonepal

 काठमाडौं, जेठ ६

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सञ्चालनका सम्बन्धमा प्रमुख सचेतकहरुसँग छलफल गर्दैहुनुहुन्छ । सभामुखले प्रमुख सचेतकहरुसँगको बैठक बिहान साढे १० बजे आह्वान गरेका हुन् ।प्रतिनिधि सभाको बैठक भने बिहान ११ बजे तय भएको छ ।सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।


प्रतिक्रिया