काठमाण्डौ, पौष १३
ललितपुरको बालकुमारी क्षेत्रमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकास ज्वाला चढेको गाडीमा आगजनी भएको घटनामा भएको झडपमा घाइते दुइ जनाको मृत्यु भएको छ । घटनामा दैलेखका २३ बर्षिय सुजन रावत र डोटीका २२ बर्षिय बिरेन्द्र शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकुमारी क्षेत्रमा सडकमा लडिरहेको अवस्था फेला परेका सुजन रावतलाई उपचारको लागि प्रहरीले किष्ट अस्पतालमा लगेको थियो । रावतको छातीमा निलडाम देखिएको र उनलाई अस्पताल पुगाएपछि ४५ मिनेट सम्म सिपिआर दिइएको किष्ट अस्पतालले जनाएको छ । उक्त घटनामा घाइते भएका विरेन्द्र शाहको भने पाटन अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतले बताए ।
इपिएस परिक्षार्थीले विहान ११ बजे तिर भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीलाई नियन्त्रणमा लिएर मन्त्रीलाई बाहिर बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । आगजनीको घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।