महेन्द्रनगर (कञ्चनपुर), असार ८
पूर्व–पश्चिम राजमार्गस्थित
कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकल
चालकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक
प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८
नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु
भएको हो । दैजीतर्फ गइरहेको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र
०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका
मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज
चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले
ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।