काठमाडौं, भदाै १
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको
मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको
उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ ।
बागमती प्रदेश र गण्डकी प्रदेशमा
साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशीकदेखि साधारणतया
बदली रहको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी
दिएको छ ।
यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै
स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र
चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आन्सिकदेखि साधारणतया बदली
रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी
प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।