मकवानपुर, साउन १५
बाग्मती प्रदेशका मुख्यमन्त्री
बहादुरसिंह लामाले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् ।
नेकपा
एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए
। मुख्यमन्त्री नियुक्त भएका उनले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने
संवैधानिक व्यवस्था छ । सोहीनुसार मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रस्ताव
संसद् सचिवालयमा दर्ता गराएका हुन् ।
मुख्यमन्त्री
लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को
नियम १४३ को उपनियम (१) बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेशसभाका
सभामुख भुवनकुमार पाठकले आज (मंगलबार) दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान
गरेका छन् ।
१४ साउन २०८१, मङ्गलबार ०५:३६ मा प्रकाशित