काठमाडैं जेठ १२
सहकारी प्रकरणमा संसदीय छानबिन समिति कार्यदलको
बैठक बस्दै छ ।
गत शनिबार प्रमुख प्रतिपक्षी दल र
सत्तारूढ दलहरूबीच संसदीय छानबिन समिति गठन गर्न सहमति भई समितिका लागि कार्यादेश
तय गर्न कार्यदल गठन गरिएको थियो।
त्यसयता लगातार कार्यदलको बैठक बसेको
छ तर कुनै समितिको कार्यदेशमा सहमति जुटेको छैन। बैठक आज पनि बस्दैछ।
नेकपा एमालेका प्रमुख सचेतकसमेत रहेका
कार्यदलका सदस्य महेश बर्तौलाले आज
कांग्रेसले सुप्रिम, सूर्यदर्शनलगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीकै संलग्नता
देखिएको भन्दै छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख
गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान राखेको छ।
तर सत्तापक्षले भने संसदीय समिति
बनाउनुपूर्व नै व्यक्तिलाई दोषी करार गर्न नहुने अडान राखेको छ। यही अडानका कारण
शुक्रबार बिहानको कार्यदलको छलफल निष्कर्षमा पुग्न सकेको थिएन।
शुक्रबारको बैठकमा पनि सोही विषयमा
छलफल भएको थियो। कार्यदलको बैठकपछि शुक्रबार नै शीर्ष नेताहरूबीच छलफल भएको थियो।
छलफल सकारात्मक भएको कांग्रेसले प्रतिक्रिया
दिएको थियो।
कार्यदलमा सहमति नजुट्दा संसद बैठकपनि
लगातार अवरूद्ध हुँदै आएको छ। प्रतिनिधि सभा बैठक भोलिका लागि बोलाइएको छ।