काठमाण्डौ, पुस २
आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज पनि चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
१ पुस २०८१, मङ्गलबार १२:१२ मा प्रकाशित