गुल्मीको चन्द्रकोट हुग्दी खोलामा किशोरीको शव फेला

Jhalkonepal

गुल्मी, कात्तिक  १७ 

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोलामा एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी आज बिहान मृत फेला परेकी हुन् ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल पुगेको छ। ।  

प्रतिक्रिया