सुभेष सिनाल
काठमाण्डौं, कार्तिक १०
त्रिदेशीय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युएई भिड्दै छन । किर्तिपुर खेल मैदानमा विहान ११ बजे देखि खेल शुरु हुनेछ । नेपाल प्रतियोगितामा अविजित रहदै फाइनलमा पुगेको हो भने युएई ३ हार १ जितका साथ फाइनलमा पुगेको हो । हङकङले पनि खेलेका ४ खेल मध्ये ३ मा हार र १ मा जितेको भए पनि रनरेटमा पछि पर्दा फाइनल गुमाएको हो ।
यही प्रतियोगितामा नेपालले युएईललाइ पहिलो खेलमा ७ विकेटले र दोस्रो खेलमा ५ विकेटले पराजित गरेको थियो । दुई देश विच भएका पछिल्ला ५ खेलमा नेपालले ३ खेल जितेको छ भने २ मा युएईले जित हासिल गरेको छ ।
२०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने टि२० विश्वकपमो एसिया क्षेत्रिय छनौटको तयारीको लागि नेपाल क्रिकेट संघ क्यानले यो प्रतियोगिताको आयोजना गरेको हो । टि२० विश्वकप छनौटमा एसियाका ८ देशले भाग लिने छन । जसको फाइनलमा पुग्ने २ देशले अर्को वर्ष श्रीलंकामा आयोजना हुने टि२० विश्वकपमा भाग लिन पाउनेछन ।