अन्तिम खेलमा नेपालले घरेलु टोली उज्बेकिस्तानको सामना गर्दै, दुवै टिमलाई जित्नै पर्ने दबाब

Jhalkonepal

 काठमाडौं, असार २१

एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा आज नेपालले घरेलु टोली उज्बेकिस्तानको सामना गर्दैछ ।

खेल उज्बेकिस्तानको तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुुरु हुनेछ । समूह एफमा अपराजित रहेका दुवै टोली अन्तिम खेल जित्दै महिला एसियन कपमा छनोट हुने लक्ष्यमा छ ।

यस खेलको विजेता नै समूह विजेता बनी अर्को वर्षमा मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ । त्यसैले दुवै टोलीलाई आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।

आजको खेल किन पनि रोमाञ्चक स्थितिमा छ भने समूह चरणको खेल भएपनि यो खेल पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ । अहिलेसम्म दुवै टोलीले दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । त्यति मात्र होईन दुवैले समान १७ गोल गरेका छन् र गोल अन्तर पनि समान छ । दुवैले कुनै गोल खाएका छैनन् ।

त्यसैले यस्तो अवस्थामा अन्तिम खेलमा स्पष्ट जित आवश्यक हुनेछ । यदि यो खेल बराबरीमा सकिएमा खेल सिधै पेनाल्टी सुटआउटमा जानेछ । 

प्रतिक्रिया