काठमाडौँ
असार २७
गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को
स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक
गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम
बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । र गीतमा प्रेमी प्रेमीका
विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक
आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।
गीतमा
सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा
सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापा को
अभिनयलाई देखाइएको छ ।भिडियोलाई गायिका नम्रता खरेलको युटुव च्यानल मा हेर्न
सकिन्छ ।
हेर्नुहोस् भिडियो...
२७ असार २०८१, बिहिबार ०८:३३ मा प्रकाशित