काठमाडौँ, असोज ४
प्रधानमन्त्री केपी
शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क
तर्फ प्रस्थान गर्दैछन्।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ
अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान
जान लागेका हुन्। उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने
तय भएको छ।
प्रधानमन्त्री ओली बिहान ११ बजे कतार
एयरलाइन्सबाट संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने उनको निजी
सचिवालयले जनाएको छ।
३ असोज २०८१, शुक्रबार ०७:२७ मा प्रकाशित