गोरखा, असार ३०
गोरखामा माछापोखरीमा डुबेर एकजनाको
मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन
नेपालीको आज डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी
नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । आज दिउँसो पाँचजना
साथीसँगै पोखरीमा पौडी खेल्ने गएकामध्ये नेपालीको मत्यु भएको हो । घटनाको थप
अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
३० असार २०८१, आईतबार ०८:५१ मा प्रकाशित