काठमाडौं, माघ ८
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।
क्यानको आचारसंहिता विरूद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको हो।
म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो। क्यानको आचारसंहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले तीन ‘डिमेरिट प्वाइन्ट’ सहित एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गर्दै स्पष्टीकरण समेत सोधिएको छ ।
७ माघ २०८१, मङ्गलबार ०८:४२ मा प्रकाशित