सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला १०० र चाँदी ३० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मू्ल्य प्रतितोला तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५० रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया