सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु

Jhalkonepal

  काठमाडौं, कात्तिक ३०

सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।


दुधौली नगरपालिका(१० का ३० वर्षीय विमल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

गए राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल आजबिहान साढे ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताउनुभयो।  बेहोस अवस्थामा भेटिएपछि  सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।

विमलको मृत्युको कारण खुलेको छैन । मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए ।


प्रतिक्रिया