काठमाण्डौ, फागुन १४
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली महिला टिमको प्लेइङ ११ सार्वजनिक भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई खेलाडी परिवर्तन गर्दै नेपालको प्लेइङ ११ सार्वजनिक गरेका हुन् । म्यानमारविरुद्ध फाइनल खेल्ने नेपालको प्लेइङ ११ मा कप्तान एञ्जिला तुम्बापो सुब्बा र रेखा पौडेल फर्किएका छन् ।
प्रशिक्षक तामाङले लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध पहिलो रोजाइमा परेका गोलकिपर अञ्जना रानामगर र फरवार्ड रश्मीकुमारी घिसिङलाई बेन्चमा राखेका छन् । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । यसअघि लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमार २–२ गोलको बराबरीमा रोकिएका थिए ।
नेपालको प्लेइङ– ११
एञ्जिला तुम्बापो सुब्बा (कप्तान), गीता राना, पूजा राना, समीक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सविता राना मगर, सावित्रा भण्डारी र रेखा पौडेल ।