अस्ट्रेलियाको विशाल जित : नेदरलैण्ड ३०९ रनले पराजित

Jhalkonepal

खेलकुद , कार्तिक ८ 

विश्वकप क्रिकेट प्रतियोतिगा अन्तरगतको २४ औं खेलमा अस्ट्रेलियाले नेदरलैण्डलाइ ३०९ रनले पराजित गरेको छ । यो विश्वकप इतिहासमा सबैभन्दा ठुलो अन्तरको जित हो । यस अघि सन २०१५ मा अस्ट्रेलियाले अफगानिस्तानलाइ २७५ रनले पराजित गरेको थियो । भारतको नयाँ दिल्लीमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३९९ रनको विशाल लक्ष्य खडा गरेको हो । अस्ट्रेलियालाइ विशाला लक्ष्य सम्म पुगाउन प्रतियोगितामा दोस्रो सतक प्रहार गर्दै डेभिड वार्नरले १०४ रन बनाए । यस्तै छैटौं नम्बरमा ब्याटिंग गर्न आएका ग्लेन मेक्सवैलले ४४ बलमा १०६ रनको आक्रमक ब्याटिंग गरि अस्ट्रेलियालाइ ३९९ सम्म पुगाएका हुन । ग्लेन मैक्सवेलको यो सतक विश्वकपको सबैभन्दा तिब्र सतक हो । यस अघि एडिन मकरमले ४९ बलमा विश्वकपमा सतक बनाएका थिए । यसै गरि स्टेभिन स्मिथले ७१ र मार्नस लबुस्चेन्जले ६२ रन बनाएका थिए । नेदरलैण्डका तर्फबाट बलिंगमा लोगन वेन वीकले ४ विकेट लिए वास दे लिदेले २ र आर्यन दत्तले १ विकेट लिएका थिए ।

 

४०० रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको नेदरलैण्डले २१ ओभरमा ९० रन बनाउदा आफ्ना सबै १० विकेट गुमायो । नेदरलैण्डका तर्फबाट ओपनर विक्रमजित सिंहले २५ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । स्कट एडवर्डले रन र  तेजा मादीनारानुले १४ रन बनाएका थिए । अस्ट्रेलियाका बलर एडम जाम्पाले ३ ओभरमा ४ विकेट लिए भने मिचेल मार्सले २ र मिचेल स्र्टाक, हेजलवुड र पेट कमिन्सले १,१ विकेट लिएका थिए । 

जितसंगै अस्ट्रेलियाले अंक तालिकामा ६ अंक सहित आफुलाइ चौथो स्थानमा यथावत राखेको छ । यस अघि रन रेटको आधारमा चौथो स्थानमा रहेको अस्ट्रेलिया अव अंककै आधारमा चौथो स्थानमा पुगेको छ भने उसको रन रेटमा पनि निकै सुधार भएको छ । 

प्रतियोगितामा भोली श्रीलंका र इंग्लैण्ड विच खेल हुनेछ ।  


प्रतिक्रिया