चितवन, साउन २२
चितवनको सिमलताल
घटना सम्बन्धमा
गठित अध्ययन कार्यदलले आज अध्ययन प्रतिवेदन बुझाउँदै छ । गृह मन्त्रालयका सहसचिव छवि
रिजाल संयोजक रहेको उक्त कार्यदलले आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन बुझाउने
भएको हो ।
गत असार २८ गते बिहान ३:३० बजे
चितवनको सिमलताल नजिकैको लेदोले काठमाडौँबाट गौर गइरहेको र वीरगञ्जबाट काठमाडौँ
आइरहेको दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसालेको थियो ।
बसमा ६५ जना यात्रु सवार थिए । उक्त घटनामा तीन जना यात्रु बाँचेका थिए ।
बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ ।
सरकारले असार ३१ गते गृह मन्त्रालयका सहसचिव रिजालको संयोजकत्वमा घटनाबारे
अध्ययन गर्न ६ सदस्यीय कार्यदल बनाएको थियो ।
२१ साउन २०८१, मङ्गलबार ०७:५८ मा प्रकाशित