टेस्ट राष्ट्रलाई जित्दै इतिहास रच्यो यूएईले

Jhalkonepal

काठमाण्डौं, जेठ ८

बंगलादेशविरुद्धको टी–२० सिरिजमा आयोजक यूएईले जितेको छ । बुधबार राति सम्पन्न दोस्रो खेलमा पाहुना टिम बंगलादेशलाई ७ विकेटले स्तब्ध पार्दै यूएईले सिरिज २–१ ले जितेको हो । योसँगै यूएईले इतिहास रच्यो । यूएईले पहिलोपटक टेस्ट टिमलाई हराउँदै सिरिज जितेको हो । 

तेस्रो तथा निर्णायक खेलमा बंगलादेशले दिएको १ सय ६३ रनको लक्ष्य यूएईले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि अलिसान सराफुले ४७ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ६८ रन बनाए । यस्तै, आसिफ अलिले अविजित ४१, मोहम्मद जोहेबले २९ तथा राहुल चोपराले १३ रन जोडे । 

बंगलादेशका लागि शोरिफलु इस्लाम, रिसाल होसेन र तान्जिम हसनले मात्र एक/एक विकेट लिए । त्यसअघि सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनायो । 

उसका लागि जकर अलिले ४१, तान्जिद हसनले ४० र हसन मोहम्मदले अविजित २६ रन बनाए । यूएईका लागि हैदर अलीले चार ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक तीन विकेट लिए । 

सिरिजको पहिलो खेलमा २७ रनले पराजित यूएईले दोस्रो खेलमा बंगलादेशलाई २ विकेटले हराएको थियो ।  

प्रतिक्रिया