जिल्ला अस्पताल बाजुरामा जीवनजल अभाव, बिरामीलाई सास्ती

Jhalkonepal

बाजुरा- जिल्ला अस्पताल बाजुरामा झाडापखाला जस्ता पानीजन्य रोगका लागि अत्यावश्यक मानिने जीवनजल अभाव भएको छ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको जीवनजल अहिले अस्पतालमा नपाउँदा बिरामीहरू सास्तीमा परेका छन्। उपचारका लागि अस्पताल पुगेका बिरामीलाई जीवनजल छैन भनेर फर्काइने गरिएको छ।

स्थानीय गणेशराज तिमिल्सेनाका अनुसार स्वास्थ्यकर्मीहरू जीवनजलको माग गर्दा स्पष्ट जवाफ दिन सकेका छैनन्।

जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जीवनजल अभाव भएको पुष्टि गर्दै नयाँ खरिद प्रक्रिया अगाडि बढाइएको र चाँडै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।

स्वास्थ्य कार्यालय बाजुराले आपतकालीन रूपमा १०० प्याकेट जीवनजल अस्पताललाई उपलब्ध गराए पनि ती दुई दिनमै सकिएको बताइएको छ।

प्रतिक्रिया