काठमाण्डौ , असाेज ५
आज विश्व अल्जाइमर्स दिवस ‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ ।
अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो । जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौँ । बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । नेपालमा अल्जाइमर्सका बिरामीको यकिन तथ्याङ्क नभए पनि जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यो रोगका बिरामी पहिचान हुने क्रम भने बढ्दो छ ।
नेपालमा झन्डै १० वर्षअघि ७८ हजार मानिस बिर्सिने समस्याबाट ग्रसित रहेकोमा सन् २०३० मा यो सङ्ख्या दोब्बर हुने अनुमान गरिएको छ ।
४ असोज २०८१, शनिवार ०७:४३ मा प्रकाशित