काठमाडाैं, चैत १०
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार चीन जादै हुनुहुन्नछ ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गर्न लाग्नु भएकाे हाे ।
भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उहाँ चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
९ चैत २०८०, शनिवार ०८:५७ मा प्रकाशित