धनगढी, सावन २०
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्। पुर्वमुख्यमन्त्री समेत रहेका शाहले नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
सरकार बनाउन आवश्यक २७ सांसद रहेको सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्। कांग्रेस र एमाले मिल्दा बहुमतको लागि आवश्यक संख्या पुग्छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए। आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न उनले समय दिएका थिए। मियाँले दाबी पेश गर्न दिएको समयसिमा सकिए पछि कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछ।
१९ साउन २०८१, आईतबार ०१:१३ मा प्रकाशित