सुदूरपश्मिममा मुख्यमन्त्रीले विश्वासको मत लिदै, एमाले सरकारमा नजाने

Jhalkonepal

धनगढी, जेठ ३

सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीले आज विश्वासको मत लिदैछन । बैशाख ५ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले निकै रस्साकसी पछि आज विश्वासको मत पाउने अपेक्षा गरेका छन । सत्ता साझेदार एमालेले विभिन्न बहानामा मत दिन आनाकानी गरे पछि सोडारीले विश्वास मत पाउने नपाउने अन्यौल भएको थियो । यो बिचमा मुख्यमन्त्रीले दुई पटक विश्वासको मत दिन संसद बैठक बोलाउन लगाए पनि कुरा नमिले पछि स्थगित भएको थियो । 

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले हिजो मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठक पछि संचारकर्मीहरुसंग कुरा गर्दै संसदीय दलका नेता राजेन्द्रसिंह रावलले केन्द्रको निर्देशन अनुसार विश्वासको मत दिने तर सरकारमा भने एमाले नजाने बताए । 

मुख्यमन्त्री सोेडारीलाई समाजवादीका ४ सहित माओवादीका ११, एमालेका ११, नागरिक उन्मुक्तिका २, र एकजना स्वतन्त्र सांसदको सर्मथन रहेको छ । सरकार जोगाउन २७ सांसदको समर्थन चाहिने सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा २९ मत पर्ने सम्भावना छ । 

विश्वास मत लिने विषयमा सत्ता साझेदार दलहरु विच कुरा नमिल्दा सोडारीले मुख्यमन्त्री चयन भएको १ महिना वितिसक्दा पनि मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन । मुख्यमन्त्री सोडारीको सरकारकामा अहिले नागरिक उन्मुक्तिका रंजिता पक्षधर नेता कैलाश चौधरी भौतिकपुर्वाधार मन्त्री छन भने नागरिक उन्मुक्तिकै टिका थापा भुमि कृषि व्यवस्था राज्यमन्त्री छिन । 


प्रतिक्रिया