सुभेष सिनाल
काठमाण्डौं, फागुन ३
आइसीसी विश्वकप लिग २ २०२४ २०२७ आज देखि शुरु हुदैछ । लिगको पहिलो सिरिजमा नेपाल नामिविया र नेदरलैण्ड्स प्रतिस्पर्धा गर्दैछन । सिरिजको पहिलो खेल आज विहान ९ बजे देखि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा शुरु हुनेछ । यस सिरिजमा जम्मा ६ खेल हुनेछन । सहभागि तिनै टोलीले एक अर्का संग २,२ खेल खेल्नेछन ।
लिग २ मा यस पटक नेपाल सहित, नामिविया, नेदरलैण्ड्स, ओमन, युएई, अमेरिका र क्यानडाले प्रतिस्पर्धा गर्नेछन । लिग २ अन्तरगन जम्मा १४४ खेलहुनेछन र शिर्ष ४ स्थानमा रहने टोलीले सन २०२७ को विश्वकप क्रिकेटको लागि हुने क्वालिफायरमा सिधै स्थाना बनाउने छन । पुछारमा रहने टोलीले भने प्लेअफ खेल्नु पर्नेछ ।
लिग २ को तयारीको लागि नेपालले क्यानडासंग ३ खेलको सिरिज खेलेको थियो । जसमा नेपालले तिन वटै खेल जितेर उच्च मनोबल बनाएको छ।
लिग २ को लागि नेपालले आफ्नो टोलीमा अण्डर १९ विश्वकप र क्यानडासंगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका देव खनाल र अनिल शाहलाई टिममा स्थन दिएको छ । यस्तै क्यानडासंगको सिरिजमा नखेलेका दिपेन्द्र सिंह ऐरी, करण केसी र गुलसन झा पनि टिममा फर्किनेछन । दिपेन्द्र सिंह ऐरीले पहिलो खेल भने खेल्नेछैनन ।
नेपाली टोलीमा कप्तान रोहिन पौडेल संगै, सोमपाल कामी, आरिफ सेख, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, क
लिग(२ को सिरिज खेल्ने नेपाली टिम( रोहित पौडेल ९कप्तान०, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।