झापामा सामुहिक कुटपिटबाट युवतीको मृत्यु

Jhalkonepal

काठमाडौ , असार २६

झापामा सामुहिक कुटपिटबाट एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–४ भाङवारी घर भई हाल वडा नम्बर–८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राई छन् । आफ्ना श्रीमान गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गरी सामहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुन्दासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीले जनाएको छ   ।

प्रतिक्रिया