बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते

Jhalkonepal

चितवनमाघ १४

  भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु र छोरी गम्भीर घाइते भएकी छन् ।

मंगलबार साँझ भरतपुर महानगरपालिका(१६ शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च ११९७ नम्बरको जिपले बा.प्र.००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाँउका ४१ बर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षिय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो।

उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र बलेरो चालकलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया