मानव अधिकारको प्रत्याभूति दिलाउन प्रधानमन्त्रीको प्रतिबद्धता

Jhalkonepal

काठमाडौं, मंसिर २४। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन् । साथै उनले मानव अधिकार संस्कृतिको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हाम्रो समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धताहरु पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको  प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया