सुदूरपश्चिम सरकारका मन्त्रीहरुले सपथ खाए

Jhalkonepal

धनगढी, सावन २२

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले शपथ खाएका हुन्। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका छन्। त्यस लगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले शपथ खुवाएका छन्।

नेपाली काँग्रेसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले शपथ खाएका छन्। त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्रबहादुर पाल, भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा हिरा सार्की नियुक्त भएर शपथ खाएका हुन्।

प्रतिक्रिया