बढ्याे सुनकाे मूल्य

Jhalkonepal

काठमाडौं, पुस ११

आज सुनको मूल्य बढेकाे छ भने चाँदीको मूल्य चाँही स्थिर रहेको छ।

बुधबारको तुलनामा आज सुन तोलामा छ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ थियो।

यस्तै आज चाँदीको मूल्य भने तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको छ। बुधबार पनि चाँदीको मूल्य यही नै थियो।



प्रतिक्रिया