काठमाडाैं,जेठ १४
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
सोमबार न्यायाधीश यदुराज शर्माको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाले बताउकाे छ ।
नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो।
१३ जेठ २०८१, सोमबार ०८:५६ मा प्रकाशित