नेप्से परिसूचक घटेर २६३३ बिन्दुमा कायम

Jhalkonepal

काठमाण्डाै, माघ १४

कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) १०.६१ अंकले बजार घट्दा परिसूचक २६३३ बिन्दुमा ओर्लिएको छ । सोमबार ८ अर्ब ९२ करोड ४० लाखको कारोबार भएको छ । सोमबार कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 
सोमबार १०५ कम्पनीको मूल्य बढेको छ । यसमध्ये न्याग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी, ग्रिन डेभलप्मेन्ट बैंक र सामुदायिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो । 
सोमबार १२९ कम्पनीको मूल्य घट्यो । यसमा सप्तोकोशी विकास बैंक, उपकार लघुवित्त, धौलागिरि लघुवित्त लगायत कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् । सोमबार ९ कम्पनीको मूल्य भने स्थिर रह्यो । 
 

प्रतिक्रिया