अण्डर १९ विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलिया भिड्ने

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डौं, माघ २५


आईसीसी अण्डर १९ विश्वकप क्रिकेटको उपाधीको लागि भारत र अस्ट्रेलिया भिड्ने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गरे पछि भारतसंग फाइनल खेल्ने पक्का गरेको हो । 

टस जितेर पहिलो पाकिस्तानलाई ब्याटिंग गर्न दिएको अस्ट्रेलियाले उत्कृष्ट बलिंग गर्दै पाकिस्तानलाई १७९ रनमा अल आउट गरेको थियो । पाकिस्तानको लागि अजवान अविस र अरफात मिन्हासले ५२, ५२ रन बनाएर टिमलाई सम्हालेका थिए । यी दुई ब्याटर बाहेक ओपनर स्याहुल हसनले १७ बनाएका थिए भने अन्य ब्याटरले दोहरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका टम स्ट्राकरले ६ विकेट लिएका थिए । 

१८० रनको लक्ष्य पछउन मैदानमा उत्रिएको अस्ट्रेलियाले पनि राम्रो शुरुवात गर्न सकेन । पाकिस्तानको कसिलो बलिंगको आगाडी लगातार विकेट गुमाउए पनि अन्तिम तिर ब्याटिंग गर्न आएका रप मेक्मीलनले १९ रन जोड्दै ५० औ ओभरको पहिलो खेलमा अस्ट्रेलियालाई जित दिलाए । पाकिस्तानका अलि रजाले ४ विकेट लिए भने अरफात मिन्हसले २ विकेट लिए । अस्ट्रेलियाका ओपनर हेरि डिक्सनले ५० रन बनाए भने, ओलिभर पिएकले ४९ तथा टोम केम्पवेलले २५ र सेम कोन्सटासलेल १४ रन बनाए । 

भारत यस अघि नै दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । अव भारत र अस्ट्रेलियाका विच ११ फरवरीमा फाइनल खेल हुनेछ ।  


प्रतिक्रिया