काठमाडौं
, जेठ २०
संघीय
संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र
राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजदेखि दुवै सदनमा बजेट
सम्बन्धी छलफल सुरु हुँदैछ ।
प्रतिनिधिसभाको
बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र
व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव
प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
राष्ट्रिय
सभामा पनि अर्थमन्त्री पुनले ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक
अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने
कार्यसूची रहेको छ ।
१९ जेठ २०८१, आईतबार ०७:२५ मा प्रकाशित