काठमाडौ , जेठ २११
सुनसरीकोहरिनगरा गाउँपालिकाको कटान खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा ११२० किलो गाँजा प्रहरीले फेला पारेको छ ।
खोलाको बगरमा पुरेर राखेको अवस्थामा ३८ बोरा गाँजा फेला पारेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो ।
वडा नम्बर ५ र ६ को सिमाना स्थित रहेको कटान खोलाको बगर आसपासमा बालुवाले पुरी लागू औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने गोप्य सुचना प्रहरी चौकी घुस्कीमा प्राप्त हुना साथ तत्काल नेपाल प्रहरी र सशस्त्र प्रहरीको कुल ४० जनाको संयुक्त टोलीले कटान खोलाको बगरमा खोजतलास गर्दा गाँजा भेटिएको प्रहरी सुनसरी प्रहरीले जनाएको छ । कसले यसरी बालुवा मुनि किन कता लैजान राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रवक्ता खतिवडाले बताउनु भयो
२१ जेठ २०८२, बुधबार १०:३० मा प्रकाशित