काठमाण्डाै, फागुन १५
बैंकिङ कसुर गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी
बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ परेका छन् ।
बैंकिङ कसुर गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय
अनुसन्धान ब्युरो (सीआईबी) ले १० जनालाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको
आग्रहमा केही समयदेखि सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीका
प्रमुख किरण बज्रचार्यले विभिन्न अनियमिततामा संलग्न भएको आरोप लागेको र राष्ट्र
बैंकले आग्रह गरेपछि पक्राउ गरिएको जानकारी दिनुभयो ।
१४ फाल्गुण २०८०, मङ्गलबार ०३:१७ मा प्रकाशित