गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई कारण देखाऊ आदेश

Jhalkonepal

काठमाण्डाै , जेठ २०

सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा  गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाऊ आदेश दिएको छ ।

सहकारी ठगी प्रकरणमा रवि संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानुनी रहेको भन्दै दुवै जनालाई कारबाहीको माग गरेर अधिवक्ता अनुपम भट्टराईले रिट दिनुभएको थियो । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेशसहित दुवै जनालाई छलफलका लागि उपस्थित हुन आदेश दिएको हाे 

 

प्रतिक्रिया