सुदूरपश्चिमद्धारा जनकपुरलाई १८५ रनको लक्ष्य

Jhalkonepal

काठमाण्डौं, पौष ६

एनपिएलको उपाधिको लागि सुदुरपश्चिमले जनकपुरलाई रनको लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिंग रोजेको सुदूरपश्चिमले सैफ जैयवको ६९ रनको आक्रमक व्याटिंगको मद्दतमा ९ विकेट गुमाएर १८४ रन बनायो । सुदूरपश्चिमका अर्का ओपनर विनोद भण्डारीले जैयवलाई साथ दिदै ३१ बलमा ४१ रन बनाए । यस्तै ब्रेन्डन मेक्मुलनले १४, हरमित सिंहले १४, र स्कट कुग्लेजिनले १३ रन बनाए । 

जनकपुरको लागि मोहम्मद मोसिन र किशोर महतोले ३,३ विकेट लिए । यस क्रममा मोहसिनले ४० रन खर्चे भने महतोले ३ ओभरमा २५ रन खर्चे । यस्तै जेम्स निसाम र ललित राजबंशीले १,१ विकेटको योगदान गरे ।  


प्रतिक्रिया