सामान्य बढ्यो सुनको भाउ

Jhalkonepal

काठमाण्डौ , साउन २९

आज सुनचाँदीको भाउ सामान्य बढेकाे छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया