काठमाडाैं, साउन १०
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त हुनुभएकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हाे ।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी यसअघि पनि योजना आयोगको सदस्य हुनुहुन्थ्याे ।
९ साउन २०८१, बिहिबार ०५:१५ मा प्रकाशित