काठमाडौ, बैशाख २६
काठमाण्डौको बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा सीआइबीले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
सीआईबीले जिल्ला अदालत काठमाण्डाैबाट नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष सहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
२०४९ सालदेखि २५ वर्षसम्म बाल सङ्गठनको अध्यक्ष रहँदा रीता वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवम् कर्मचारीको मिलेमतोमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएको सीआईबीले जनाएको छ । पहिले ५९ वर्षका लागि बालमन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिएको र त्यो जग्गा हिनामिना भइरहेको पाइएको छ ।
२६ बैशाख २०८१, बिहिबार ०४:४४ मा प्रकाशित