ताप्लेजुङ, पुस ११
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका- १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् ।
बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी
चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उक्त बनबाट भरुवा बन्दुक- २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी-१
थान, गेटिस (गुलेली)- १ थान, मारेको कालिज- १ वटा र मोबाईल १
थान सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट
थप अनुसन्धान भईरहेको छ ।
१० पुस २०८०, बुधबार ०१:०२ मा प्रकाशित