काठमाडौँ, पुस ७
बर्दियामा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ।
बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिनुभयाे ।
आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मृतक बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा छ ।
६ पुस २०८०, शनिवार ०४:१२ मा प्रकाशित