आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप :नेपाललाई १ सय ४० रनकाे लक्ष्य

Jhalkonepal

काठमाण्डाै, माघ ९

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नेपाललाई १ सय ४० रनकाे लक्ष्य दिएकाे छ ।

मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायाे । अस्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । नेपालकी कप्तान पूजा महताेले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।


प्रतिक्रिया