काठमाडौ असार ३
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच भनाभन भएको छ । ग्याबियन जाली राख्ने कामलाई लिएर मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा सोमबार नगरपालिकाको वातावरण तनावपूर्ण बन्न पुगेको हो ।
दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठक अघि नै मेयरको कार्यकक्षमै दुवैबीच तीव्र विवाद उत्पन्न भएपछि बैठक लथालिङ्ग भएको थियो।
सोही विवादको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका समर्थकहरु उपमहानगर परिसरमा भेला भएका थिएर नाराबाजी गरे।
मेयर साम्पाङका समर्थक र उपमेयर बेघासम्बद्ध नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ता आमनेसामने भएपछि स्थिति धकेलाधकेल सम्ममा पिग्यो । अप्रिय घटना हुन नदिन प्रहरीको उपमहानगर परिसरमा बाक्लो उपस्थिति देखिन्थ्यो ।
विवादको वडा नं १६ ग्याबियन जाली राख्न श्रमदानबाट गरिएको काम र त्यसको भुक्तानीबाट सुरु भएको जनाइएको छ ।
उपमेयर बेघाले पहिले सम्पन्न भइसकेको कामलाई कानुन विपरीत प्रक्रियामा राखेर भुक्तानीको दबाब दिइएको” भन्दै विरोध जनाएका थिए । पछिल्लो समय मेयर र उपमेयर बीच मनमुटाव बढ्दै गएको देखिन्छ ।