आईपीएल: हैदरावादले जित्दा, लखनउ पहिलो चरणबाट बाहिरियो

Jhalkonepal

काठमाडौं, जेठ ६

यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्स पहिलो चरणबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा अभिषेक शर्माले १८ बलमा अर्धशतक प्रहार गरेपछि सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले हराएको छ।

२०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो। २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका अभिषेक ५९ रनमा आउट भए। हेन्रिक क्लासेनले २८ बलमा ४७ रन जोडे। लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए।

प्रतिक्रिया