सुनको मूल्य घट्यो, आजको कारोबार कति ?

Jhalkonepal

काठमाडौँ, चैत १०

नेपाली बजारमा आज (आइतबार) सुनको घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको नौ सय ९५ रुपैयाँ थियो ।

प्रतिक्रिया